टोकियो, १ असोज । जापानी अध्यागमन विभागको नियन्त्रणमा परेका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई विमानस्थलबाटै नेपाल फिर्ता पठाइएको छ । उनी आजै राति काठमाडौं आइपुग्नेछन् ।
कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानले टोकियोमा आयोजना गरेको कार्यक्रममा भाग लिन पुगेका पौडेललाई जापानी अध्यागमन विभागका अधिकारील अपमानजनक व्यवहार गरी फर्काइदिएका हुन । सँगै रहेका सांसद धनराज गुरुङलाई प्रवेशको अनुमति दिइएपनि शनिबार अपरान्ह टोक्योस्थित हानेदा विमानस्थल ओर्लिएका पौडेललाई भने अध्यागमनले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
केही घण्टा नियन्त्रणमा राखेर सोधपुछ गरेपछि पौडेललाई एयरपोर्टबाटै सिधा नेपाल फिर्ता पठाएको आयोजक नेपाली जनसम्र्पक समितिका प्रवक्ता सुरेश गिरीले बताए । उनले अनेक प्रयासगरेपनि पौडेललाई बाहिर ल्याउन नसकिएकोमा दुःख समेत व्यक्त थरे ।
पौडेललाई रिहा गर्न टोक्योस्थित नेपाली राजदूतावास र नेपालबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले समेत फोन गरेका थिए । जापानी अध्यागमनले कसैले भनेको सुनेन । नियन्त्रणमा लिएर सोधपुछ गरी अपमानजनक ढंगले फिर्ता पठाइदियो ।












प्रतिक्रिया