डोटी, १ असोज । आज असोज संक्रान्ति । विजय उत्सवको रुपमा मनाइने मौलिक पर्व बुढी पोल्ने पर्व प्रदेश नं. ७ मा धुमधाम साथ मनाइदैछ ।
बुढी अर्थात राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको उत्सवको रुपमा यो पर्व प्रत्येक असोज संक्रान्तिमा मनाइने गर्दछ ।
यसलाई बन्दुनी संक्रान्ति वा बुन्ढुनी संक्रान्तिका नामले पनि चिनिन्छ ।
परम्परागत किंवदन्ती अनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वालाहरुले पुतनाको शव दहन गरेको कथन छ ।
द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको र भगवान श्री कृष्ण बाँचेको खुशियालीमा यो पर्व मनाईने गरिएको स्थानीय बताउँ छन् ।
आज साँझपख विभिन्न जिल्लामा गएको भाद्र संक्रान्तिका दिन गाडिएको सल्लो वा अन्य बोट विरुवाको लिङ्गोमा बन्दुनी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ ।
त्यस्तै बुढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ । पहिलेका वर्षहरुमा यस पर्वमा रातभरी देउडा, भुवाँ जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन रहेको भएता पनि पछिल्ला दिनहरुमा यो प्रचलन भने घट्दो क्रममा छ ।












प्रतिक्रिया