१ कार्तिक २०८३, आइतबार

शारीरिक सुगठनमा रमेश बने मिस्टर भ्याली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । न्यु फ्लेक्स जिमका रमेश कार्कीले तेश्रो मिस्टर भ्याली शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगितामा अभरअल च्याम्पियन बनेका रमेशले आ–आफ्नो तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वी नेपाल व्यायाम मन्दिरका रोजेश महर्जन (५५ केजी), अजिमा फिजिकल फिट्नेसका किशनदास दिवाकर (६० केजी), मध्यपुर फिजिकल फिट्नेसका अमितकुमार मण्डल (७० केजी), सिटी हेल्थ स्टुडियोका विशुराम केसी (७५ केजी) र फिट्नेस फस्ट जिम सेन्टरका मनीष वज्राचार्य (७५ केजीमाथि) लाई पराजित गरे ।

उपाधिसंगै रमेशले ५० हजार नगद पुरस्कार हात पारे । अभलअलमा दोश्रो भएका विशुले २० हजार, तेश्रो भएका अमितले १५ हजार तथा चौथोदेखि छैटौं भएका क्रमशः किशन, रोजेश र मनीषले समान १०–१० हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताकै दौरान भएको खुला उचाईं समूहको प्रथम मिस्टर फिट्नेस फिजिक्समा ओएस्टर फिट्नेस एन्ड फाका साजन अर्याल पहिलो भए । उनले १० हजार नगद पुरस्कार पाए ।