१० मंसिर २०८३, बिहिबार

निर्वाचनको मुखैमा राजपाका उम्मेदवारको निधन, जमेरै गरेका थिए चुनावी प्रचार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ३१ भदौ । प्रदेश नम्बर दुईमा असोज दुई गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट उम्मेदवार वडाअध्यक्षका उम्मेदवार महन्थी यादवको निधन भएको छ ।

६६ वर्षिय यादव राजविराज नगरपालिकाको १५ नम्बर वडामा अध्यक्षका उम्मेदवार थिए । क्यानसर रोगबाट ग्रसित यादवको चुनावी प्रचार प्रसारको धपेडीले अस्वस्थ भई निधन भएको परिवारजनले बताएका छन् ।

क्यान्सरका रोगी यादव मौन अवधि सुरु हुनु भन्दा अघिसम्म चुनाव प्रचार प्रसारमा खटिएका थिए । मौनअवधि सुरु भएपछि घरमा आराम गरिरहेकै बेला उनको निधन भएको राजविराज नगरपालिकामा राजपाका मेयर पदका उम्मेदवार शम्भु यादवले जानकारी दिए ।