१ कार्तिक २०८३, आइतबार

एनआरएनको अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा संघका वर्तमान उपाध्यक्ष भवन भट्टले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

आज यहाँ पत्रकारसम्मेलन गरी भट्टले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आफूलाई जिताउन सबैसँग आग्रह गर्नुभयो ।

यसअघिको कार्यसमितिले ल्याएका राम्रा काममा निरन्तरता दिनका साथै वैदेशिक रोजगारी आपत्कालीन कोषलाई सदुपयोग गरी गैरआवासीय नेपाली संघमा आबद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, महिला फोरमलाई सशक्त बनाउने, ‘स्टर्टअप फन्ड’को व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउनेलगायतका नयाँ कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एनआरएनलाई नेपालमा लगानी गर्ने वातावरण बनाउने, एनआरएनका समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभयो ।

आफू एनआरएनको स्थापना कालदेखि नै सक्रिय रहेको र यसको प्रभावकारिताका लागि आफूसँग धेरै राम्रा कार्यक्रम रहेकाले आफ्नो जित आवश्यक रहेको उहाँको भनाइ छ । रासस