काठमाडौं, ३१ भदौ । मलेसियालाई हराउँदै नेपाल यू-१९ एसिया कप क्रिकेटमा छनौट भएको छ ।
शनिबार मलेसियासँग भएको सेमिफाइनल खेलमा १० विकेटको सानदार जित हासिल गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । अब नेपालले उपाधिका लागि सिंगापुर र हङ्गकङ्गमध्ये एक टिमसँग खेल्नुपर्नेछ ।
आजको खेलमा घरेलु टोली मलेसियाले प्रस्तुत गरेको एक सय २२ रनको लक्ष्य नेपालले २३ ओभर एक बलमा बिना विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि ओपनरद्धय सन्दिप सुनार र आशिफ शेखले अर्धशतक बनाउँदै जित दिलाए ।











प्रतिक्रिया