४ कार्तिक २०८३, बुधबार

कृष्णनगर–बढनी बजारमा अन्तर्राष्ट्रिय बस स्टेशन बन्ने, सांसद शाहले लिए नेतृत्व

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । संघीय समाजवादी फोरम नेपालका सांसद अभिेषक प्रताप शाहले नेपाल–भारत सिमानामा रहेको बढनी बजारमा अन्तर्राष्ट्रियस्तरको बस स्टेसन बनाउन भारतको उत्तर प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

उत्तरप्रदेशको लखनउमा शनिबार बिहान मुख्यमन्त्री योगी आदित्यानाथसँगको भेटका क्रममा सांसद शाहले सीमावर्ती भारतीय बजार बढनीमा बस स्टेशन स्थापना गर्न माग गरेका हुन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आवश्यक अध्ययन गरेर कारबाही अगाडि बढाउने आश्वासन आफूलाई दिएको सांसद शाहले जानकारी दिए ।

योगी आदित्यनाथसँगको भेटमा सांसद शाहले नेपालबाट भारत जाने नेपालीहरू नेपालको कृष्णनगरको सीमा हुँदै बढनीबाट विभिन्न शहर जाने गरेको भन्दै अन्तर्राष्ट्रियस्तरको बस स्टेशन निर्माण हुँदै दुबै देशलाई सहयोग मिल्ने बताएका थिए ।

संघीय समाजवादी फोरम नेपालका सांसद शाह कपिलवस्तबाट निर्वाचित सांसद हुन् । शाहले आफ्नो गृहजिल्लालाई भारतसँग यातायातसँग सिधा जोड्न चाहेको बताउँदै आएका छन् ।