
काठमाडौँ, ३१ भदौ । चुनावको मुखमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्यको नेतृत्वमा १३ जना नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
शुक्रबार राति एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य बालसिह काउछाको नेतृत्वमा डेढ दर्जन नेताहरू नेकपा एमालेमा सामेल भएका हुन् । एमाले प्रवेश गर्नेमा केन्द्रीय नेताहरु शिवजी लामिछाने, प्रेम न्यौपाने, रामबहादुर गिरी, मनु खत्री, विष्णुप्रसाद शर्मा, हिमालय बख्रेल,बाबुलाल लामा, लोकबहादुर पुनमगर, प्रकाश खाँड, पदमबहादुर कुमाल, डिलकुमारी थापा र उमा हमाल लगायत रहेका छन् । एमालेमा प्रवेश गरेका सबै नेताहरू माओवादी केन्द्रका महत्वपूर्ण जिम्मेवारीमा बसेकाहरू हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सचिव पृथ्बीसुब्बा गुरुङ, ४ नम्बर प्रदेशका सहसंयोजक गणेश तिमिल्सिना, सचिव जगत विश्वकर्मा, केन्द्रीय सल्लाहकार कमिटीका उपाध्यक्ष एवं पूर्वमन्त्री खगराज अधिकारी, केन्द्रीय सदस्यहरु सुजिता शाक्य, सूर्य थापा लगायतले उनीहरुलाई एमालेमा स्वागत गराएका थिए ।
एमाले अध्यक्ष ओली २ नम्बर प्रदेशबाट फर्कन ढिला भएका कारण राति साँढे ८ बजे प्रवेश कार्यक्रम राखिएको थियो । अध्यक्ष ओलीले सम्बोधन गर्दा रातको ९ बजिसकेको थियो ।















प्रतिक्रिया