गुल्मी, ३१ भदौ । शनिबार बन्द हुँदै आएको गुल्मीको तम्घास बजार खुल्ला रहने भएको छ । दसैं र तिहार जस्ता मुख्य चाडपर्वहरु नजिकिएसँगै पर्वहरुलाई मध्यनजर राखेर शनिवार बन्द हुँदै आएको बजार खुल्ला रहने निर्णय भएको हो ।
गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाको सदरमुकाम तम्घास बजारसँगै ग्रामीण भेगका रिडी, वामीटक्सार, शान्तिपुर, वलेटक्सार, सिमलटारी, पुर्कोटदह, इस्मा मैदान लगायतका मुख्य बजारहरु पनि शनिवार बन्दै हुँदै आएका थिए ।
दसैं तिहारमा दैनिक उपभोग्य समानहरुसँगै पर्व बिशेष बिभिन्न सामान किनमेल गर्न सहजहोस भनेर बजार खुल्ला गर्ने निर्णय भएको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।
















प्रतिक्रिया