युएई । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको १५ सेप्टेम्बर २०१७ शुक्रबारका दिन दुबईको काल्टोन टावर होटलमा सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
युएईका लागि नेपालका कार्यवाहक राजदूत नेत्रबहादुर टन्डनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा टन्डनकी धर्मपत्नी कौशिला टन्डन, एनआरएन आइसिसीका अन्र्तष्ट्रिय पदाधिकारी तथा सदस्यहरु विशेष अतिथी रहेका थिए । कार्यक्रममा करिब ३०० प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको खुल्ला सत्रमा उपाध्यक्ष रमेश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । एनआरएन अन्र्तष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यहरु एवं अन्य विभिन्न व्याक्तित्वहरु गरि करिब एक दर्जनले महाधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
अधिवेशनको खुल्ला सत्रमा नै एनआरएन युएई लाई सहयोग पुगाएवापत आइसिसीका उपाध्यक्ष कुमार पन्थ, सदस्यहरु गोपाल कँडेल, राकेश जैसवाल, भूपू उपाध्यक्ष तथा समाजसेवी मनोज गोर्खाली र सूचना सहयोगी दीपिका भण्डारीलाई सम्मान गरिएको थियो ।
अधिवेशनको दोस्रो सत्रमा महासचिव दीपक खडकाद्वारा प्रस्तुत २०१५–२०१७ को कार्य प्रगति विवरण, कोषाध्यक्ष बालकृष्ण अधिकारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । अधिवेशनले संशोधित विधान समेत सर्वसम्मत पारित गरेको छ ।
अध्यक्षका प्रत्यासी सालिक सुवेदी र मुख्य राजनीतिक गठबन्धनको प्यानलबाट अध्यक्ष पदका उम्मेद्वार रमेश श्रेष्ठबीच सहमति नभएपछि अध्यक्ष सहितका ७ वटा पदहरूमा प्रतिस्पर्धा भएको थियो ।
अध्यक्षमा राजनीतिक गठबन्धनबाट रमेश श्रेष्ठ १६३ मत प्राप्त गरेर एनआरएन युएईको अध्यक्षमा विजयी भएका छन् ।
तीन उपाध्यक्षका लागि भएको निर्वाचन प्रतिस्पर्धामा राजनीतिक गठबन्धनबाट नेत्रप्रसाद शर्मा २४३ मत, बालकृष्ण मरासिनीले १७७ मत र निर्मल कुमार पोखरेलले १६० मत प्राप्त गरेर विजयी बनेका छन् ।
महासचिव पदका लागि राजनीतिक गठबन्धनबाट कृष्ण पौडेल १७२ मत प्राप्त गरेर विजयी भएका छन् । कोषाध्यक्षमा गठबन्धनकै राजु केसी १७३ मत ल्याएर विजयी भएका छन् ।
युएईबाट २ जना अन्तर्राष्ट्रिय (आईसीसी) सदस्यका लागि चित्रबहादुर केसी, ठाकुरप्रसाद ढुंगाना र नेत्र थनेत प्रतिस्पर्धा भएको थियो । जसमा गठबन्धनबाट ठाकुरप्रसाद ढुंगाना २०६ मत र चित्रबहादुर केसी १७६ मत ल्याएर विजयी बनेका छन् भने नेत्र थनेतले ९७ मत प्राप्त गरेका थिए ।
निर्विरोध निर्वाचित हुनेहरुमा एनआरएन युएई महिला संजाल प्रतिनिधीमा मोती राई, सचिवमा राजेश बोहोरा र मिलनबहादुर गुरुङ, युवा संजाल प्रतिनिधीमा नवीन पौडेल रहेका छन भने सदस्यहरुमा क्रमशः विदुर न्यौपाने, मोहमद समिम, दिनेश पराजुली, ओमप्रसाद उप्रेती, शम्शेर योञ्जन, राजन खतिवडा, धर्मेन्द्र गोहिबार, जीवन दास, केशव शर्मा नेपाल, दुर्गाप्रसाद काफ्ले, तोरणदत्त सुवेदी, टकबहादुर गुरुङ र लछुमन काफ्ले रहेका छन् ।
सामान्यतया २१ सदस्य एनआरएन युएई निर्वाचित हुँदै आएकोमा यसपटक विधानको अधिकारलाई प्रयोग गर्दै वस्तुगतस्थितिलाई समन्वय र निर्वाचनको कार्यक्रमलाई दृष्टिगत गरेर दुर्इ सदस्य थपेर २३ सदस्य समिति बनाइएको जानकारी निर्वाचन समितिका सदस्य त्रिलोचन कोइरालाले जानाकारी दिएका छन ।















प्रतिक्रिया