चन्द्रनिगाहपुर, ३० भदौ । मौन अवधि सुरु केही घण्टा अगाडि रौतहटको चन्द्रनिगाहपुरमा भएको एमालेको चुनावी सभामा हज्जारौँ समर्थकहरूको उपस्थिति रहेको छ ।
चुनावी सभालाई एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गरेका छन् । सभालाई एमालेका अन्य शीर्ष नेताहरूले पनि सम्बोधन गरेका छन् ।
सभामा आएका हज्जारौँ समर्थक देखेर ओलीले २ नं. प्रदेशमा पनि एमालेलाई कसैले पनि पहिलो पार्टी बन्नबाट रोक्न नसक्ने स्थानीय नेताहरूलाई बताएका छन् ।
अध्यक्ष ओलीले स्थानीय तहमा एमालेबाट उम्मेदवार बनेकाहरूका पक्षमा मतदान गर्न आग्रह समेत गरेका छन् ।


















प्रतिक्रिया