१० मंसिर २०८३, बिहिबार

असोज पहिलो साता एमालेको केन्द्रीय कमिटी बैठक, यस्ता छन् छलफलका एजेण्डा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, ३० भदौ । नेकपा (एमाले)ले मुलुकको पछिल्लो राजनीतिक अवस्था, प्रदेश र संसदको निर्वाचन तयारीका विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

असोज ६, ७ र ८ गते काठमाडौंमा बस्ने बैठकमा निर्वाचन तयारीका विषयमा छलफल हुने एमाले स्थायी समिति सदस्य एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । केन्द्रीय कमिटीमा मुलुकको वर्तमान राजनीतिक अवस्थाका बारेमा पनि छलफल हुने बताए ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीका क्रममा उपनेता नेम्वाङले असोज पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाएको जानकारी दिए ।

‘प्रदेश र संसदको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको छ’, उनले भने, ‘निर्वाचनको तयारीमा कसरी अगाडि बढ्ने भन्नेबारेमा सल्लाह र सुझावका लागि बैठक बोलाइएको हो ।’

स्थानीय तहको दुई चरणको निर्वाचनमा पहिलो पार्टी बन्न सफल भएको एमालेले प्रदेश र संसद निर्वाचनमा पनि आफ्नो पक्षमा बहुमत आउने दाबी गर्दै आएको छ ।