काठमाडौं, ३० भदौ । लायन्स क्लबअफ काठमाडौ रेसुङगाले समाज सेवाको क्षेत्रमा उत्कृष्ठ कार्य गरेको भन्दै प्रशंसा भएको छ ।
रेसुंगा क्लब अफ लायन्स क्लबले आयोजना गरेको गभर्नर भिजिट एवं नाइट चार्टर कार्यक्रमा डिष्टिक गभर्नर धनराज आचार्यले रेसुङगा क्लबले गरेकाकार्यहरु प्रशनीय र उत्कृष्ठ रहेको बताएका छन् ।
समाज सेवा नै धर्म हो भन्ने मान्यतालाई विश्वभर अगाडि बढाउँदै आएको लायन्स क्लब त्यसमा पनि नेपालमा सञ्चालित क्लबहरुले गरेको योगदान विश्वभर प्रशंसा हुने गरेको समेत गभर्नर आचार्यले उल्लेख गरे ।
बिगतका वर्षहरुमा महत्वपूर्ण योगदान पुगाएका क्लबका पदाधिकारी एवं सदस्यहरुलाई आचार्यले सम्मान पनि गरेका छन् ।
क्लबका अध्यक्ष मुना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व डिष्टिक गभर्नर राजन लम्साल, बालकृष्ण बुर्लाकोटी, लायन्स क्लब गुल्मीका अग्रज भीमलाल पौड्याल, मञ्जरी खरेल, अल्जाइमर बिशेषज्ञ डा.रमेश कँडेल एवं क्लबकी सचिब तथा पत्रकार दीपु पोख्रेल ज्ञवाली, पूर्व अध्यक्ष बिष्णुकुमारी कँडेल लगायतले क्लवको प्रसंसा गरेका थिए ।












प्रतिक्रिया