दोहा । स्वर्गीय डा.डीना वाङ्देलको ४५औँ पुन्य तिथिको अबसरमा लम्जुङ सेवा समाज कतारले श्रदाञ्जालि कायक्रम गरेको छ ।
बिगत केही वर्षदेखि कतारको प्रतिष्ठित शैक्षिक सस्था भर्जिनिया कमन वल्थ युनिभर्सिटिको कला बिभाग प्रमुखको रुपमा कार्यरत डा.वाङदेल बरिष्ठ साहित्यकार एवम् संस्कृतविद स्व.लैनसिं वाङ्देलकी सुपुत्री हुन् ।
गत जुलार्इ २५ तारिखका दिन नाकको उपचारको क्रममा अमेरिकाको हस्पिटलमा ५४ वर्षको उमेरमा निधन भएको थियो ।
संस्थाका अध्यक्ष बिष्णुलाल श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको श्रदाञ्जलि सभामा संस्थाका पदाधिकारी, स्वर्गीय डा.वाङ्देलका आफन्तजन तथा अन्य शुभ चिन्तकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै संस्थाका कोषाध्यक्ष विनोद बसौलाले लम्जुङ सेवा समाज कतार र स्व. डा.वाङ्देलबीचको सम्बन्ध तथा लम्जुङेहरूप्रति उनले देखाएको सद्भाव र मायाका बारेमा चर्चा गरेका थिए ।
शोक मन्तव्य राख्ने क्रममा डा. वाङ्देलका आफन्त तथा सहयात्री डा. देबकाजी डङ्गोलले मृत आत्माको चीरशान्तिको कामना गरे ।















प्रतिक्रिया