१० मंसिर २०८३, बिहिबार

एमालेको अबको सरकारले प्रत्येक परिवारलाई रोजगार दिन्छ, नसके भत्ता पाउँछः वामदेव गौतम

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २९ भदौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रदेश नम्बर २ मा एमाले ८० सीटका साथ पहिलो पार्टी बन्ने दाबी गर्नु भएको छ । उहांले कांग्रेस र माओबादीले जनताको पक्षमा केहि नगरेको र एमाले कम समय सरकारमा रहेतापनि जनताको पक्षमा धेरै काम गरेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।

नेकपा एमाले परवानिपुर गाउँपालिकाद्धारा परवानिपुरमा आयोजित जनसभालाई सम्बोधन गदै पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका नेता गौतमले एमाले शोसित, पीडित, किसान मजदुर, आदिबासी, जनजाति र महिलाको पक्षमा सधै लड्दै आइरहेको पार्टी भएको उल्लेख गर्नुभयो । उहाँले एमाले सरकारमा गएको बेला तराई मधेसको विकासका लागि सबैभन्दा बढी बजेट बिनियोजन गरेको बताउनुभयो ।

उहाँले एमालेको सरकार बनेको एक बर्षमा तराईका प्रत्येक परिवारका एक जना महिला सदस्यलाई रोजगार दिने र १० बर्षपछि देशभरका प्रत्येक परिवारका एक जनालाई रोजगार दिने नसके भत्ता उपलब्ध गराइने बताउनुभयो । दुई हजार बृद्धभत्ता बाट बढाएर ५ हजार बनाउनुका साथै ६५ बर्ष पुरा गरेका बृद्ध बृद्धाहरुलाई बृद्धभत्ताको ब्यवस्था गर्ने एमालेको योजना सुनाउनुभयो ।

कार्यक्रममा एमालेको तर्फबाट परवानिपुर गाउँपालिकामा अध्यक्षका उम्मेदबार राम क्षेत्री पटेल, उपाध्यक्ष पदकी उम्मेदवार सुगन्धीदेवी कानु, केन्द्रिय कमिटी सदस्यहरु सेराज फारुखी, समिम अंसारी, दिनेश राई, जिल्ला कमिटी अध्यक्ष सुन्दर बिक, जिल्ला कमिटी उपाध्यक्ष देबनारायण चौधरी, एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल, विसन श्रेष्ठ, अमर यादब, मोबिन आलम, उमेश गुप्तालगायतले बोल्नु भएको थियो ।