१० मंसिर २०८३, बिहिबार

प्रदेश नम्बर २ मा कांग्रेसले १०० सीट जित्छः रमेश लेखक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २९ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार प्रसार समन्वय समितिका संयोजक रमेश लेखकले यही असोज २ गते प्रदेश नं २ का जिल्लाहरुमा हुने स्थानीय तहको निर्वाचनमा कम्तिमा १ सय तह जित्ने दाबी गर्नुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिले बिहिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो दावी गर्नुभएको हो ।

यही असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा स्थानीय निर्वाचन हुँदैछ । जसमा एक महानगरपालिका (वीरगञ्ज महानगरपालिका), तीन उपमहानगरपालिका (कलैया, जीतपुर–सिमरा र जनकपुर), ६९ नगरपालिका र ६३ गाँउपालिकामा रहेका छन् ।

नेपाली कांग्रेसले स्थानीय स्तरमातीन स्थानीयतह (गौर, मिथिला र निजगढ नगरपालिका)मा प्रमुख र उपप्रमुख पदमा अन्य राजनीतिक दलसंग तालमेल गरेको छ ।

प्रदेश नं २ का सबै जिल्लाहरुको प्रचारप्रसारमा सहभागी भएर भर्खरै फर्कनुभएका समन्वय समितिका संयोजक लेखकले निर्वाचन प्रचारप्रसारको तयारी र प्रदेश नं २ का मतदाताको अपेक्षा, भावना र झुकाव हेर्दा यस चरणको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने र त्यो परिणामले स्थानीय तहको समग्र निर्वाचनमा नै नेपाली कांग्रेस पहिलो हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाली कांग्रेसले स्थापनाकालदेखि हालसम्म मधेश र मधेशवासीको हितमा गरेको कार्य नै २ नम्बर प्रदेशको विजयको आधार भएको बताउनुभयो । उहाँले मधेशीलगायत सम्पूर्ण भाषाभाषी, जनजाति, वर्ग समुदायका नागरिकको भावनालाई समेटेर संविधानलाई अझ अस्वीकार्य बनाउने सन्दर्भमा नेपाली कांग्रेसले लिएका कदमपनि निर्वाचन जित्नमा सहयोगी हुने दाबी गर्नुभयो ।

“मधेशी जनतासहित सबैको भावनालाई समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउदै कार्यान्वयन गरी मुुलुकको विकास गर्न ल्याइएको संविधान संशोधनको हाम्रो प्रयास प्रमुख प्रतिपक्षी एमालको कारण असफल हुनपुग्यो” नेता लेखकले भन्नुभयो, “यसले नेपाली कांग्रेसले

मधेश र मधेशी जनताको हितमा काम गरेको र एमालेले विरोधमा काम गरेको अनुभूति स्थानीय बासिन्दालाई भएको छ ।”
उहाँले संविधान संशोधनको प्रयासले नेपाली कांग्रेस देशका सबै भूभागका जाति, जनजाति, वर्ग, समुदायका नागरिकहरुका बीचमा विभेद र कटुता हटाउदै सौहार्द्र वातावरण सिर्जना गरी सबैको भावनालाई एकीकृत गरेर राष्ट्रियता बलियो बनाउन सक्रिय रहेको दावी गर्नुभयो । यसको विपरित एमालेका नेताहरु मतभेद सिर्जना गरेर आपसीएकताकमजोर पार्ने कार्यमा सक्रिय रहेको पनि उहाँले आरोप लगाउनुभयो ।

नेता लेखकले नेपालीकांग्रेसले नै हालसम्म भएका उपलब्धिको रुपमा आएको संविधानलाई कार्यान्वयन गर्न गरिएको स्थानीय चुनावमा सबै राजनीतिकदललाई संलग्न गराउने वातावरण तयार पारेको पनिउल्लेख गर्नुभयो ।“असन्तुष्ट राजनीतिकदलहरुलाई समेट्न २ नं प्रदेशको चुनाव केही समय पर सार्दा हामीलाई चुनावनगराउने आरोप लगाइयो” नेता लेखकले भन्नुभयो, “तर अलिकति लचिलो नीति लिदा स्थानीय चुनावमा सबै सहभागीहुने वातावरण तयार भयो ।”

उहाँले संविधान कार्यान्वयनतर्फ गएकोमा सन्तुष्टि प्रकट गर्दै भन्नुभयो, “नेपालीकांग्रेसको नेतृत्वमा रहेको वर्तमान संयुक्त सरकारले नै प्रादेशिक र संघीय निर्वाचनको घोषणा गरि त्यस अनुरुपनिर्वाचनगर्ने वतावरण तयार भएकोले कांग्रेसको नेतृत्वले नै राजनीतिक स्थायित्वकायम गरी विकासको नेतृत्व दिनसक्छ भन्ने कुरा पनि प्रमाणित भएको छ ।”

केन्द्रिय सदस्य तथा प्रचारप्रचार समन्वय समितिका संयोजक नेता लेखकले मधेशका बासिन्दाहरुको मुद्दाहरुलाई बोकेर निष्कर्षमा पुर्याउन क्षेत्रीय र साना पार्टीहरुले नसक्ने बताउदै भन्नुभयो, “संविधान संशोधनलगायतका तराई मधेशकागह्रुंगा मुद्दा बोक्नपनिबलियो काँध चाहिन्छ, कांग्रेस बाहेक अरुबाट त्यो संभव छैन ।”

नेता लेखकले तराई मधेशको समस्याको रुपमा रहेको बाढी र डुबान समस्याको समाधानमा प्रधानमन्त्री शेरबहादुर देउवाको हालैको भारत भ्रमणमा उल्लेख्य प्रगति भएको बताउदै तराईको विकासका लागिपनि कांग्रेसको नेतृत्वमा थुप्रै काम भएको दावी गर्नुभयो ।

उहाँले ८०० कि.मी. हुलाकी सडक निर्माण गर्ने, तराई–मधेशलाई काठमाडौंसंग जोड्ने फाष्ट ट्रयाक नेपाली सेनालाई बनाउनदिने, निजगढ एअरपोर्ट निर्माण गर्ने लगायत रेल्वे सेवाविस्तार, सिंचाई र शिक्षाका पूर्वाधारहरु नेपाली कांग्रेसको पालामा बनेका र बनाउने निर्णय भएको उल्लेख गर्दै भन्नुभयो, “यसले कांग्रेस मधेश र मधेशी जनताको पक्षधर भएको प्रमाणित गरेको छ ।”

प्रचारप्रसार समन्वय समितिका संयोजक नेता लेखकले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.सशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादव सहितपूर्व पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु र पूर्व केन्द्रीय सदस्यहरु, सांसदहरु र पूर्व सांसदहरु सहितजिल्ला, नगर र गाँउका विभिन्न तहका पार्टी पदाधिकारी, सक्रिय कार्यकता र समर्थकहरु सम्पूर्ण शक्तिका साथ निर्वाचनमा परिचालन नभएको बताउनुभयो ।