१० मंसिर २०८३, बिहिबार

शुक्रबार मध्यरातिदेखि मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । निर्वाचन आयोगले स्थानीय तहको तेस्रो चरणमा प्रदेश दुईमा आगामी असोज २ गते हुने निर्वाचनका लागि भदौ ३० गते मध्यराति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने जनाएको छ ।

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगत्ले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने आयोगद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइने छैन । मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाउन आयोगले आग्रह गरेको छ ।

एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पनि नपाइने जनाइएको छ ।