१० मंसिर २०८३, बिहिबार

ओलीले पठाएको बजेट कार्यान्वयन हुननदिने शक्तिलाई मधेशी जनताले परास्त गर्नुपर्छः पोखरेल

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २९ भदौ । नेकपा एमालेका महासचिब ईश्वर पोखरेलले एमालेलाई मधेश बिरोधी भनी फैलाएको अफवाह पानीको फोका झै फुटिसकेको बताउनुभएको छ ।

दुई नम्बर प्रदेशको चुनावी कार्यक्रममा सहभागी हुन तराईका जिल्लामा आउनुभएका महासचिब पोखरेलले यहाँका गाउँ बस्तीमा पुगेर चुनावी सभामा सहभागी हुनुभयो । मधेशका जनताले एमालेका कुरा चाखपूर्वक सुनिरहेको बताउँदै उहाँले एमालेलाई मधेश बिरोधी भनी विपक्षहरुले गरेको दुश्प्रचार मधेशमा निश्प्रभावी हुने ठोकुवा गर्नुभयो ।

एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि पठाएको बजेटसमेत कार्यान्वयन हुन नदिनेहरु अहिले एमालेलाई मधेश बिरोधी भनेर टिप्पणी गरिरहेको बताउनुभयो । केपी ओली नेतृत्वको सरकारले तराईको सदरमुकामका जोड्ने बाटो निर्माणका लागि प्रति सदरमुकाम ५० करोड रुपैयाँ छुट्याएको स्मरण गर्दै उहाँले त्यो बजेट कार्यान्वयन हुन नदिने शक्तिलाई चुनावमा मधेशी जनताले परास्त गर्नुपर्ने बताउनुभयो ।

हिजो पानीको इनार छुँदा समेत मधेशी जनतालाई उत्पीडनमा पार्नेहरु नै अहिले मधेशवादी दलका रुपमा आफूलाई मधेशको मसीहा ठानीरहेको महासचिब पोखरेलले आरोप लगाउनुभयो । अंगीकृत नागरिकता लिएकाहरुलाई राज्यको प्रमुख तहमा जान नसक्ने प्रावधान संसारका सबै देशहरुमा रहेको बताउँदै उहाँले यो मुद्दामा एमाले अटल रहने दावी गर्नुभयो । हिन्दी भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नुपर्ने अन्य दलको प्रस्ताबलाई एमालेले पारित हुन नदिएर देशको स्वाभिमान र राष्ट्रियताको रक्षा गरेको महासचिब पोखरेलको भनाई थियो ।

एमाले महासचिब पोखरेलले बिहीबार महोत्तरीको बर्दिवास नगरपालिकाका विभिन्न वडामा पुगेर चुनावी सभामा भाग लिनुभयो । केही वडामा घरदैलोमा समेत सहभागी हुनुभएका पोखरेललाई यहाँका जनताले मधेशका समस्याका विषयमा अवगत गराएका थिए ।

कार्यक्रममा बर्दीबास नगरपालिकाका एमालेका मेयरका उम्मेदवार शुरेश राउतले नगरपालिकामा रहेको १५ सैयाको अस्पताललाई ५० सैयाको सरकारी अस्पतालको रुपमा स्तरबृद्धि गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा युवा संघका केन्द्रीय प्रबक्ता प्रभात बिक्रम कटुवाल, एमाले मकवानपुरका मोर्चा विभाग प्रमुख श्रीधर पोखरेल, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।