१० मंसिर २०८३, बिहिबार

भोट माग्दा माग्दै विमलेन्द्र निधि बेहोस भएर ढलेपछि…

6.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २९ भदौ । प्रदेश नम्बर दुईमा असोज २ हुने स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टीलाई भोट माग्ने क्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि बेहोस भएर ढलेका छन् ।

विहिबार धनुषाको जनकपुरमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन रोड शोको अगुवाई गर्ने क्रममा चर्काे घाम र भिडभाडका कारण निधि रिगटा लागेर बेहोस भई सडकमा ढलेका हुन् । यद्यपी कार्यकर्ताले सम्हाल्दा उनी भुइँमा लड्न पाएनन् ।

पारिवारिक स्रोतका अनुसार उच्च रक्तचाप र मधुमेहका बिरामी समेत रहेका निधि बेहोस भएपछि सुरक्षाकर्मीले उनलाई तत्कालै जनकपुर अञ्चल अस्पताल लगेका थिए ।

अस्पतालमा एक घण्टा लामो उपचारपछि उनी चिकित्सकको सल्लाहअनुसार जनकपुरस्थित सीता प्यालेश होटलमा आराम गरिरहेका छन् ।