१० मंसिर २०८३, बिहिबार

एमालेका शीर्ष नेताहरु बारामाः केपी, झलनाथ र माधवले एकैदिन १६ ठाउँमा सम्बोधन गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २९ भदौ । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचन प्रचार प्रसारका लागि नेकपा एमालेका शीर्ष नेताहरु बाराका विभिन्न नगरपालिकामा आयोजना भइरहेका चुनावी सभामा सहभागी भइरहनु भएको छ ।

१६ वटा स्थानिय तह रहेको बारामा दुई वटा उपमहानगरपालिका, छ वटा नगरपालिका र नौवटा गाउँपालिका रहेका छन् । एमालेको पक्षमा बारामा जनलहर सृजना भएकोले सबै स्थानिय तहमा एमालेले जित्ने एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलको दाबी छ ।

बारामा परवानिपुर र निजगढमा एमालेका उपाध्यक्ष बामदेब गौतमले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ, भने हिजो महासचिव ईश्वर पोखरेलले बिश्रामपुरमा विशाल चुनाबी सभालाई सम्बोधन गर्नु भएको थियो ।

त्यस्तै, एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जितपुर सिमरा उपमहानगरपालिकाद्धारा शुक्रबार सिमरामा आयोजना हुने बिशाल जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साथै शुक्रबार नै बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले कोल्हबिमा र बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधव नेपालले बाराका दक्षिणी नगरपालिका र गाउँपालिकामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।