२ कार्तिक २०८३, सोमबार

एमालेविरुद्ध गुण्डागर्दी र आक्रमणका घटना रोक्न सत्तारुढ दललाई चेतावनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश नम्बर दुईको निर्वाचनको सन्दर्भमा आफ्नो दलमाथि भइरहेको आक्रमण रोक्न सत्तारुढ दललाई चेतावनी दिएको छ ।

प्रचार विभाग उपप्रमुख सूर्य थापाद्वारा विहिबार जारी विज्ञप्तिमा स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा सत्तासंरक्षित गुण्डागर्दी र आक्रमणका घटनाहरु बढाउँदै मतदाताहरुलाई आतंकित पार्ने कतिपय प्रयासहरुप्रति ध्यानाकर्षण गरिएको उल्लेख छ । एमाले उम्मेदवारमाथि कुटपिट र नेता कार्यकर्तामाथि भौतिक आक्रमण, अवरोध गर्ने जस्ता क्रियाकलाप सत्तारुढ दलकै योजनामा भइरहेको भन्दै विज्ञप्तिमा जिम्मेवार बन्न ध्यानाष्र्कण गराइएको छ ।

यस्तो छ एमालेद्वारा जारी विज्ञप्तिः

नेपाल कम्युनिस्ट पार्टी
(एकीकृत माक्र्सवादी–लेनिनवादी)
केन्द्रीय प्रचार विभाग
धुम्बाराही, काठमाडौं
पत्र संख्या …….                                                                                                               २९ भदौ, २०७४

प्रेस नोट

स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा सत्तासंरक्षित गुण्डागर्दी र आक्रमणका घटनाहरु बढाउँदै मतदाताहरुलाई आतंकित पार्ने कतिपय प्रयासहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यसैक्रममा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. ४ का सूर्यध्वजाबाहक महिला सदस्य कुमारी देवी सदालाई बुधबार राती ८ः३० बजे कुटपिट गरिएको छ । कुटपिटमा संलग्न रोशन लेखी, नसिव लेखी र कौशल लेखीलाई राती नै प्रहरीले पक्राउ गरेको भए पनि छोड्नका निम्ति दबाब दिइरहेको बुझिन आएको छ । हाम्रो पार्टी उम्मेदवार माथि कुटपिटमा उत्रने अपराधीहरुमाथि कडा कारवाही गर्न माग गर्दछ ।

पार्टीका स्थायी कमिटीका सदस्य तथा प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डलको गाडी वडा नं. ११ मा रोकेर हुलहुज्जत एवं तोडफोड गर्ने कोशिस समेत भएकोमा पार्टी यसप्रकारका गुण्डागर्दीप्रति निन्दा र क्षोभ प्रकट गर्दछ । वडा सदस्यका उम्मेदवार भोलनाथ लेखीका छोरा एकनाथ लेखीलाई घाइते हुने गरी कुटपिट गरिएको जानकारी प्राप्त भएको छ । आज बिहान फत्तेपुर बजारमा राखिएको टाइम बम नेपाली सेनाको डिस्पोजल टोलीले नष्ट गरेको छ । यस्ता आतंकपूर्ण हर्कतहरु नगरी निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्ने जिम्मेवारी बहन गर्न मूलतः सत्ताधारीहरुको जोडदार ध्यानाकर्षण गराइन्छ ।

आज सप्तकोशी नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट उपमेयर पदका आकांक्षी रहनुभएका वडा नं. २ सिद्धिपुर निवासी देवी जोशी उक्त पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँहरुलाई प्रदेश संयोजक सत्यनारायण मण्डलले पार्टी प्रवेश गराउनुभएको छ ।

सूर्य थापा
उप–प्रमुख