१० मंसिर २०८३, बिहिबार

एसीसी यू–१९ क्रिकेटः सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समूह विजेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ । यससँगै नेपाल समूह विजेता बनेको छ ।

आज क्वालालामपुर मैदानमा टस जितेर पहिले व्याटिंग गरेको सिंगापुरले २८.३ ओभरमा सबै
विकेट गुमाएर ६७ रनमा समेटियो । ६८ रनको लक्ष्य बोकेर जवाफी व्याटिंग गर्न मैदानमा उत्रिएको नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि सन्दिप सुनारले २० रन बनाए, अनिलकुमार साहले १८ रन जोडे । आशिफ शेख ६ रनमा आउट हुँदा अमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे ।

यसअघि सिंगापुरका लागि सिद्धान्तले २० रन, रोहन रंगाराजनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सिंगापुरका ६ विकेट नेपाली बलर पवन सर्राफले एक्लैले लिएका थिए । किशोर महतोले २ तथा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।