१० मंसिर २०८३, बिहिबार

एमाले उम्मेदवारलाई भोट माग्न महासचिव पोखरेल तराई झरे, केपी ओली पनि आउँदै

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २८ भदौ । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचन प्रचारका लागि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल तराई मधेस झरेका छन् ।

एमालेको प्रदेश नम्बर २ का चुनावी कमाण्डर समेत रहेका महासचिव पोखरेल ८ जिल्लाका १३६ स्थानीय तहमा हुने निर्वाचनमा एमालेका उम्मेदवारलाई भोट माग्न र चुनावी सभाहरुलाई सम्बोधन गर्न बुधबार मधेस आइपुगेका हुन् । उनले आजै पर्सा र बाराका उम्मेदवार र मतदातासँग भेटघाट गरेका छन् ।

पर्सामा खटिएका युवा संघका स्थायी कमिटी सदस्य प्रभातविक्रम कटवालका अनुसार एमाले महासचिव पोखरेलले प्रदेश नम्बर दुईको एक मात्र वीरगञ्ज महानगरपालिकामा पार्टीका तर्फबाट मेयरका उम्मेदवार बसरुद्दिन अन्सारीलाई भेटेर जितको शुभकामना तथा हौसला दिएका छन् । त्यस्तै, बारामा पार्टीका तर्फबाट प्रमुख नगरपालिकाका उम्मेदवारसँग पनि भेट गरेका छन् । उनले भोलिबाट चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी ओली पनि आउँदै

त्यस्तै, चुनावी प्रचार प्रसारका लागि एमाले अध्यक्ष केपी शर्मा ओली पनि मधेस झर्ने भएका छन् । ओली भदौ ३० गते निर्वाचन प्रचारका लागि मौन अवधि सुरु हुनभन्दा केही घन्टा अघिमात्र मधेस आउनेछन् । निर्वाचन कार्य तालिकाअनुसार ३० गते मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ ।

एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार ३० गते मधेस झर्ने ओलीले बारा लगायतका दुई/तीन वटा जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

हालसम्म एमालेका तर्फबाट प्रदेश नम्बर दुईमा वरिष्ठ नेता माधव कुमार नेपालले चुनाव प्रचार अभियानको नेतृत्व गरिरहेका छन् ।

हेर्नुस् तस्वीरहरुः