१० मंसिर २०८३, बिहिबार

प्रहरी प्रधान कार्यालय पुग्यो डीआइजी सिलवालको राजीनामा पत्र, गृहमन्त्रीले के गर्लान ?

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । सर्वाेच्च अदालतले आईजीपी नियुक्तिसम्बन्धी रिट खारेज गरिदिएपछि मंगलबार राति राजीनामा दिएका डीआईजी नवराज सिलवालको राजीनामा पत्र प्रहरी प्रधान कार्यालय पुगेको छ ।

प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेका अनुसार बुधवार दिउँसो सिलवालका प्रतिनिधिले प्रहरी प्रधान कार्यालय नक्साल आएर राजीनामा पत्र बुझाएका हुन् ।

प्रहरी नियमावली अनुसार अब उनको राजीनामा पत्र प्रहरी हेडक्वार्टरबाट गृह मन्त्रालय पुगेर स्वीकृत भएपछि वैधानिकता पाउनेछ ।

मंगलबार सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले आईजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्ने डीआईजी सिलवालको रिट खारेज गरेको थियो ।