४ कार्तिक २०८३, बुधबार

ग्लोबल आइएमई बैंकले २० प्रतिशत लाभांश दिने, २ अर्व मुनाफा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । ग्लोबल आइएमई बैंकले आ.व.२०७३/०७४ मा २ अर्व ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंक संचालक समितिको २७९औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाको स्वीकृति पश्चात आ.व.२०७३/०७४ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश ( १० प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्व ८८ करोड रुपैयाँ पुग्नेछ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

बैंकले भारत तथा अष्ट्रेलियमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको छ भने बेलायतमा छिट्टै नै प्रतिनिधि कार्यालय खोल्ने क्रममा रहेको छ ।

१ खर्ब २ अर्व निक्षेप, ८४ अर्व ९६ करोड कर्जा लगानी रहेको बैंकको हाल ११२ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, ११९ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।