१ कार्तिक २०८३, आइतबार

आईएमईका सेवाग्राहीपर्व बहादुर राईले पाए ६ लाखको जीवन बीमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्व बहादुर राईले प्राप्त गरेका छन् ।

सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाएका राई भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता राई वानीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्ने छन् ।

भदौ १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवर्द्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्कीड्र’मा ९०० सय जनाआईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेका छन् ।

मंसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउने सेवाग्राहीमध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिने आईएमईले जनाएको छ ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउने प्रतिबद्व कम्पनीले सेवा आरम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,४००सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ ।