२१ कार्तिक २०८३, शनिबार

अमात्यद्वारा ललितपुर कांग्रेसमा चार सदस्य मनोनीत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २८ भदौ । नेपाली कांग्रेस ललितपुरले जिल्ला कार्यसमिति चारजनालाई सदस्यमा मनोनीत गरेको छ ।

जिल्ला सभापति मदनबहादुर अमात्यले मीनकृष्ण महर्जन, प्रकाशनन्दन जोशी, नन्दकिशोर शाही र होमप्रसाद घिमिरेलाई सदस्य पदमा मनोनीत गरेका हुन् ।

घिमिरे आमन्त्रित सदस्यका रुपमा रहने छन् । सभापति अमात्यले उनीहरूलाई सोमबार सदस्यमा मनोनीत गरेका हुन् ।

सदस्यमा मनोनीत मीनकृष्ण महर्जनले जिल्ला कार्यसमितिले दिने जिम्मेवारीलाई झन् जिम्मेवारीका साथ बहन गर्ने दायित्व थपिएको प्रतिक्रिया दिए ।

‘ललितपुर कांग्रेसलाई सांगठनिक रुपमा झन् बलियो बनाउने दायित्व थपिएको छ’, महर्जनले भने, ‘पार्टीले गरेको विश्वासलाई खेर जान दिने छैन ।’

महर्जन ललिपुतर जिल्लाको क्षेत्र नंं. १ मा लोकप्रिय युवा नेताका रुपमा परिचित छन् ।