
भक्तपुर, २८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई साम्प्रदायिक द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको बताएका छन् ।
बालकोटस्थित निजी निवासमा बुधबार बिहान आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले जातीय विविधता, भाषिक र साँस्कृतिक विविधतामाथि खेलबाड गरेर देशलाई साम्प्रदायिक द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको बताए । द्वन्द्वका पक्षमा रहेकाहरुलाई जनताले निर्वाचनमार्फत परास्त गर्ने ओलीको विश्वास छ ।
कार्यक्रममा एमाले अध्यक्ष ओलीलाई एमाले ललितपुर क्षेत्र नं ३ को राहत संकलन समितिका संयोजक रघुनाथ महर्जनसहितको टोलीले तीन लाख २५ हजार ७८० बुझाएको थियो । एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको प्राकृतिक विपत्ति कोषको खातामा जम्मा गर्ने गरी टोलीले बाढीपीडितका लागि सो रकम हस्तान्तरण गरेको हो ।












प्रतिक्रिया