१० मंसिर २०८३, बिहिबार

भाइटीकाकै दिन ५९२ सांसदको पद चट !

45.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । व्यवस्थापिका संसदका सांसदहरुलाई यसपटकको भाइटीका अशुभ हुने भएको छ ।

उनीहरुले खाइपाएको सेवा र सुविधा सबै भाइटीकाकै दिन खोसिने भएको छ । अर्थात, भाइटीकाकै दिन ५९२ सांसदको पद चट हुने भएको छ ।

ब्यवस्थापिका संसदमा हाल कायम रहेका सांसदहरुको पद २०७४ कात्तिक ४ गते दिन जाने भएको हो । सभामुख र उपसभामुख बाहेक ५९२ सांसदको पद अबको ३८ दिनपछि जानेछ ।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि २०७४ कात्तिक ५ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । संविधानको धारा २९६ अनुसार प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता हुने अघिल्लो दिनसम्म मात्रै संसद रहने व्यवस्था छ । संविधानले २०७४ माघ ७ गतेसम्म संसद रहने भनी व्याख्या गरेपनि चुनावका कारण उनीहरुको पद जान लागेको हो ।

‘यो संविधान प्रारम्भ हुदाका बखत कायम रहेको संविधान प्रारम्भ भएपछि ब्यवस्थापिका संसदमा स्वतः रुपान्तरण हुनेछ र त्यस्तो ब्यवस्थापिका संसदको कार्यकाल संवत् २०७४ माघ ७ गतेसम्म कायम रहनेछ ।’ संविधानको धारा २९६ मा भनिएको छ’, ‘तर त्यस्तो कार्यकाल प्ररा हुनु अगावै यस संविधन बमोजिमको प्रतिनिधि सभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म ब्यवस्थापिका संसदमा कायम रहने छ ।’