
काठमाडौँ, २८ भदौ । डीआइजी नवराज सिलवालको रिट निवेदन खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई लिएर वरिष्ठ वकिलहरु नै आश्चर्यमा परेका छन् ।
सर्वोच्चबाट मुद्दा हारेपछि डीआइजी सिलवालले पदबाट राजीनामा दिएका छन् भने उनका पक्षमा लडेका शम्भु थापा, हरिहर दाहाल, बद्रीवहादुर कार्की, तुलसी भट्ट र अधिवक्ताहरु टिकाराम भट्टराई, दिपेन्द्र झा जस्ता अधिवक्ताहरुले पनि मुख खोलेका छैनन् ।
‘अनिवार्य रुपमा पालन गर्नुपर्ने कार्यबिधी पालना नगरेको स्वीकार ? तर रिट निबेदन खारेज !’, सामाजिक सञ्जाल फेसबुकमा सटिक टिप्पणी लेख्दै अधिवक्ता भट्टराईले आश्चर्य व्यक्त गरेका छन् -‘न्यायिक इतिहासमा नयाँ विधिशास्त्रको प्रतिपादन, नो कमेन्ट !’
यसअघि पूर्वप्रधानन्याधिश सुशीला कार्कीलाई महाअभियोग लगाउने काँग्रेस र माओवादीको कदमपछि पनि वरिष्ठ अधिवक्ताहरु निराश बनेका थिए । कार्कीको बहिर्गमन र नयाँ प्रधानन्याधिश गोपालप्रसाद पराजुलीको आगमनपछि यो मुद्दाका विषयमा अदालतको निष्पक्षतामाथि नै प्रश्न उठिरहेको थियो ।
‘यही गर्नका लागि त्यतिबेला प्रधानन्यायाधिश कार्कीलाई महाभियोग लगाइएको थियो ।’, नाम प्रकाशित नगर्ने शर्तमा एक वरिष्ठ अधिवक्ताले दैनिक नेपालसँग भने, ‘ठूलै षडयन्त्र गरी सिलवाललाई हराइयो । एउटै मुद्दामा दुई जना प्रधानन्यायाधिशको फरक फरक धारणा कसरी हुन सक्छ ? सुशीला कार्कीले एउटा फैसला गर्ने अनि अहिलेका प्रधानन्यायाधिशले त्यसलाई उल्टाइदिने ? यो त अति भयो । तर, पनि न्यायालयको गरिमाका लागि पनि हामी केही बोलेका छैनौं ।’
सिलवालको फैसलापछि नेपाल प्रहरीभित्र त एकखाले तरंग आएको छ नै, त्यो भन्दा बढी तरंग न्यायालय र वकिलहरुको बीचमा भएको छ ।
यस्तो छ अदालतको फैसला












प्रतिक्रिया