२१ कार्तिक २०८३, शनिबार

कुरीति र अपराधले गर्दा महिलाहरू पछाडि परे : मन्त्री कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले सामाजिक कुरीति र महिलामाथिका अपराधले गर्दा महिला पछाडि परेको बताएकी छिन् ।

मंगलबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री कोइरालाले कुरीतिको अन्त्य र महिलामाथिका अपराधलाई नियन्त्रण गर्न सबै स्थानीय तहमा तत्काल उद्धार टिम गठन गर्ने बताइन् ।

यसका लागि मन्त्रालयले आबश्यक योजना बनाइरहेको र निकट भबिश्यमै सबै स्थानीय तहमा तत्काल उद्धारकार्यका लागि कर्मचारी, वकिल, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र नागरिक समाज रहेको एउटा टिम निर्माण गर्ने उनले बताइन् ।

मन्त्री कोइरालाले कुनैपनि घटना भएको २४ घन्टाभित्रै पीडितको उद्धार गरी संभावित घटना रोक्नका लागि उद्धार टिम गठन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

मन्त्री कोइरालाले सातवटै प्रदेशमा पुनःस्थापनाका लागि ल्याइएका महिला, बालबालिका, अपांग तथा अन्य ज्येष्ठ नागरिकलाई राख्न मिल्ने गरी बहुआयामिक पुनःस्थापना केन्द्र स्थापनाका लागि आफूले पहल गरिरहेको बताइन् ।