२१ कार्तिक २०८३, शनिबार

घाइतेलाई बचाउन प्रहरीलाई प्राथमिक उपचारबारे अनुशिक्षण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, २८ भदौ । दुर्घटनामा परेका घाइतेले अब घटनास्थलमै तत्काल प्राथमिक उपचार पाउने भएका छन् । घाइतेलाई चोट पटक लाग्दा सुरक्षित तरिकाले अस्पतालसम्म पु¥याउन अब प्रहरीले नै घटनास्थलमै घाइतेको प्राथमिक उपचार गर्नेछन् ।

घाइतेको अकालमै ज्यान जानबाट जोगाउन प्रहरीलाई प्राथमिक उपचारसम्बन्धी अनुशिक्षण गरेपछि अब प्रहरी नै घाइतेको प्राथमिक उपचारमा सक्रिय हुने भएका हुन् ।

दुर्घटनामा परेका घाइतेहरुले तत्काल प्राथमिक उपचार नपाउँदा कैयौंले अकालमै ज्यान गुमाउनुपरेको समस्यालाई कम गर्न प्रहरीलाई नै प्राथमिक उपचार सम्बन्धी अनुशिक्षणमा सहभागी गराएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । साथै प्रहरीलाई अति आवश्यक कुराको जानकारी गराएकोमा कालिका सामाजिक केन्द्रलाई प्रहरी निरीक्षक भट्टराईले धन्यवाद समेत दिनुभयो ।

चन्द्रौटा श्रोतकेन्द्र हलमा आयोजित अनुशिक्षणमा प्राथमिक उपचारको महत्व, घाइतेको जाँच, श्वासप्रश्वास समस्या, घाउ, चोटपटक, प्राथमिक बक्स, उपचार गरिने तरिका, बेहोस–बेहेसी हुने पूर्व अवस्था विषयमा छलफल गरिएको थियो ।

सवारी दुर्घटना लगायतका स्थलहरुमा प्रहरीको महत्वपूर्ण भूमिका रहेकाले प्रहरीलाई सो प्रशिक्षण दिइएको कालिका स्वालम्वन सामाजिक केन्द्रका कार्यक्रम संयोजक अजय कुमार चौधरीको भनाई छ ।

प्राथमिक उपचार दैनिक जिवनमा आवश्यक पर्ने एक महत्वपूर्ण विषय रहेको बताउँदै प्रहरीलाई प्राथमिक उपचारबारे ज्ञान र सीप जानकारी भए दुर्घटनामा पर्ने व्यक्तिको जीवनरक्षा, जोखिम कम गर्न सहयोग पुग्ने चौधरीले वताउनुभयो । विद्यालय स्वास्थ्य पोषण अधिकृत सुवाष रेग्मीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

कालिका स्वावलम्बन सामाजिक केन्द्रको प्राविधिक सहयोग रहेको अनुशिक्षणमा वडाप्रहरी कार्यालयका प्रहरी निरीक्षकसहित प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक, हवल्दार, जवान गरी २८ जनाको सहभागिता रहेको थियो ।