काठमाडौं, २७ भदौ । इन्टरनेट सेवा प्रदायक क्षेत्रमा वर्ल्डलिंकले पहिलो पटक “ए हजुर कता ! इस्क्राच गरौँ यता” भन्ने अफरको सुरुवात गरेको छ ।
यो अफर अन्तर्गत भाग्यशाली ग्राहकहरूले लक्की ‘ड्र’मा हरेक हप्ता १२ वटा ४३ इञ्चको स्यामसुङ्ग फोर के टिभी र बम्पर पुरस्कार स्वरुप एउटा फोर्डको एस्पायर कार जित्ने मौका पाउने छन् ।
त्यस्तै सियोरसट अफरमा हरेक ग्राहकले तीन महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्मको निःशुल्क इन्टरनेट सेवा अथवा रु १००० नगद फिर्ता पाउने अफर रहेको वर्ल्डलिंकले जनाएको छ ।
१२ महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्मको निःशुल्क इन्टरनेट सेवा अथवा रु २००० नगद फिर्ता पाउने पनि जनाइएको छ ।
वर्ल्डलिंकले ग्राहक वर्गमाझ केन्द्रित हुँदै इन्टरनेट सेवा प्रदायकको रुपमा आफ्नो गुणस्तरलाई बढाउने लक्ष्य अनुसार सियोरसट, साप्ताहिक लक्की ड्र लगायत बम्पर अफरहरू प्रदान गर्न लागेको जनाएको छ ।
यी अफरहरूको अवधि भदौ २७ बाट सुरु भई मंसिर २७ सम्म रहनेछ । अफरहरूका लागि यस अवधि भरमा ग्राहकले भुक्तानी गर्दा एउटा इस्क्राच कार्डमा इस्क्राच गरी तोकिए बमोजिमका अफरहरू पाउन सक्ने छन् ।















प्रतिक्रिया