१० मंसिर २०८३, बिहिबार

एमालेविरुद्ध विमलेन्द्र निधिको विवादास्पद बयान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमालेलाई मधेसी जनताले मतदान नगर्ने दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलसँग कुरागर्दै निधिले मधेसी जनतालाई भारतीय देख्ने एमालेका नेताहरूलाई सबैले चिनेको बताए ।

‘एमालेका नेताहरू मधेसीलाई भारतीय भन्छन्’, उनले भने, ‘एमाले राष्ट्रघाती पार्टी हो । नेपाल तोडेको हेर्न चाहन्छ ।’ नेता निधिले एमालेले जहिले पनि संघीयताको विरोधी गरेको आरोप लगाए ।

‘२ नं. प्रदेशमा कांग्रेस लोकप्रिय छ’, निधिले दाबी गर्दै भने, ‘जनताले एमालेलाई नचिनेर जिताए, अब जिताउने त कुरै छैन बढारेर फल्छन् । पहिला झुक्किएर एमालेलाई भोट हालेका हुन् ।’

कांग्रेस नेता निधिले एमालेका नेताहरूका कारण फास्ट्रक, हुलाकी राजमार्ग, निजगढ विमानस्थलको काम हुन नसकेको आरोप लगाए ।

‘एमालेले विकासका सबै काममा अवारेध गरेको छ’, उनले भने, ‘एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी ओली विकास विरोधी नेता हुन् ।’