
चन्द्रनिगाहपुर, २७ भदौ । रौतहट जिल्लाको चन्द्रनिगाहपुर नगरपालिकामा अपरिचित समूह एका बिहान बम विष्फोट गराएको छ ।
चन्द्रनिगाहपुर नगरपालिकाको वडा नं. २ फूलबारी बुथ केन्द्र नजिक कम्पाउण्ड मंगलबार बिहान करिव ५ बजे अपरिचित समूहले बम विष्फोट गराएको स्थानीयले बताएका छन् । बम विष्फोट भएपछि स्थानीय डराएको बताइएको छ ।
बम कसले विष्फोट गराएको खुलेको छैन । यद्यपि, बम विष्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गराएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।











प्रतिक्रिया