वाशिंगटन डिसी । नेवाः अर्गनाईजेसन अफ अमेरिका (एनओए)ले इन्द्र जात्रामा ऐतिहासिक नाटक प्रस्तुति गर्दै इन्द्रजात्रा भव्यताको साथ सम्पन्न गरेको छ ।
गत सेप्टेम्बर १० तारिख मेरिल्यान्ड राज्यको ब्ल्याक हिल्स क्षेत्रीय उद्यानमा ७ औ ईन्द्रजात्रा अभूतपूर्व रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेवाः समुदायको परम्परागत भोज समयबजीको साथै अष्टमातृका, गणेश, भैरव, कुमारीको नृत्य, पुलुकिसी तथा लाखे नृत्यहरू प्रस्तुत गरिएका थिए ।
काठमाडौँ उपत्यकाको झझल्को आउने गरी अझ थप प्रस्तुतिको साथ मनाइएको इन्द्रजात्रामा नेवाः समुदायको साथै वरपर तथा विभिन्न राज्यहरु बाट समेत आएका नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।
प्रमुख अतिथि रहनु भएका राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि)ले दूताबासको तर्फबाट आयोजकलाई शुभकामना दिँदै नेवाः समुदाय आफ्नो संस्कृति र परम्परा जोगाउन निक्कै कटिबद्ध रहेकोमा खुशी व्यक्त गरे ।
बिशेष काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल,दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवाः समुदायहरूले मनाउने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा मानिन्छ ।
















प्रतिक्रिया