काठमाडौं, २७ भदौ । प्लाष्ट नेपाल फाउण्डेशनको तेस्रो वार्षिक साधारण सभा काठमाडौंमा शुक्रबार सम्पन्न भएको छ ।
नेपालमा रहेका प्लाष्टिक उद्यमी व्यवसायीहरुको स्वेच्छिक सहभागितामा कम्पनी ऐन २०६३ अनुसार मुनाफा वितरण नगर्ने संस्थाको रुपमा स्थापना भएको यस फाउण्डेशनमा २५ संस्थापक सदस्य र १९ साधारण सदस्यहरु रहेका छन् ।
कम्पनी ऐन अनुसार गरिनु पर्ने वार्षिक साधारण सभाको तेस्रो संस्करणको यस सभामा संचालकको वार्षिक प्रतिवेदन, लेखापरीक्षणको प्रतिवेदन र लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सर्व सम्मत रुपमा पारित गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सभामा विगतमा फाउण्डेशनवाट संचालन भएका गतिविधिहरु तथा आगामी दिनमा यसले संचालन गर्ने कार्यक्रमहरुका विषयमा समीक्षा एवं छलफल गरिएको थियो ।
फाउण्डेशनले प्लाष्टिकजन्य उद्योग व्यवसायको हितमा मात्र काम नगरेर आम उपभोक्ता लगायत प्लाष्टिक फोहोर व्यवस्थापनमा संलग्न सरकारी निकायहरु, गैर सरकारी संघ संस्थाहरु संचार माध्यमहरु लगायत अध्ययन अनुसन्धानमा संलग्न विज्ञहरु समेत संग समन्वय र सहकार्य गर्न प्रयास गरिरहेको छ ।
यस वार्षिक साधारण सभामा फाउण्डेशनको संचालक समितिको निर्वाचन सर्वसम्मत रुपमा सम्पन्न भएको । साधारण सभाबाट फाउण्डेशनको ११ सदस्यीय संचालक समिति गठन भएको छ । अध्यक्षमा शरद कुमार टिवडेवाला चयन भएका छन् ।
आनन्द मल वैद उपाध्यक्ष, राहुल अग्रवाल उपाध्यक्ष, दीपक श्रेष्ठ उपाध्यक्ष, विवेक तातेड कोषाध्यक्षमा चयन भएका छन् ।
सदस्यहरूमा वैंकटेश मुन्दडा, सुयश प्याकुरेल, कमल जैन, पवन कुमार संचेती, विनित कुमार अग्रवाल, भरत आचार्य मनोनीत भएका छन् ।
सभाले प्रदीप श्रेष्ठ र वासुदेव गोल्याणलाई फाउण्डेशनको सल्लाहकारमा मनोनयन गरेको छ ।















प्रतिक्रिया