१० मंसिर २०८३, बिहिबार

रिसाएर राणालाई भेट्न पुगेका सांसदहरू लुरुक्क परेर फर्किए

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)मा मन्त्रीको सूचीमा नपरेपछि केही असन्तुष्ट सांसदहरूले सांसद पद त्याग्नेसम्मको चेतावनी दिएका छन् ।

तत्कालीन राप्रपा (नेपाल)का सांसदहरूको सोमबार बसेको गोप्य भेलामा आफूहरूलाई अध्यक्ष पशुपति शम्शेर राणाले समावेशी मन्त्री नबनाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

गोप्य भेलापछि अध्यक्ष राणालाई महाराजगञ्जस्थित निवासमा भेट्न पुगेका असन्तुष्ट सांसदहरूलाई आवेगमा नआउन भन्दै सम्झाएर पठाएको स्रोतको भनाइ छ ।

सामूहिक रुपमा भेट्न पुगेका सांसदहरूलाई अध्यक्ष राणाले एक–एक गरेर भेट गरेको स्रोतको भनाइ छ । अध्यक्ष राणासँगको भेटपछि असन्तुष्ट सांसदहरू लुरुक्क परेर फिर्ता भएको बताइएको छ ।

स्रोतका अनुसार रामकुमार सुब्बाको निवासमा भेला भएका ७–८ जना सांसदहरूले मन्त्रीमा सिफारिसहरू समावेशी नभएको गुनासो गरेका थिए ।

असन्तुष्ट सांसदहरूले राजीनामा दिने भनेर धम्की दिएपछि सांसद रामकुमार सुब्बाले आबेगमा नआउन सबै सांसदहरूलाई आग्रह गरेको स्रोतको भनाइ छ । अध्यक्ष राणाले थप दुई जना सांसदलाई राज्यमन्त्रीका लागि सिफारिस गरेको बुझिएको छ ।