काठमाडौं, २६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रिपरिषद विस्तार गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ ।
प्रवक्ता सुशील कुमार श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै आगामी हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा निर्वाचन आचार संहिता, २०७२ लागु भई सकेको विद्यमान अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले आज गरेको मन्त्रिपरिषद विस्तारले निर्वाचन आचार संहिताको ठाडो उल्लंघन भएको उल्लेख गरेका छन् ।
‘सरकारले गरेको यो निर्णय सच्याउनका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ ।











प्रतिक्रिया