१० मंसिर २०८३, बिहिबार

कांग्रेस–माओवादी केन्द्रले मधेशी जनातालाई ठग्दैछन्ः उपेन्द्र यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २६ भदौ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले ठूला दलले मधेशी जनतालाई सधैं ठग्दै आएको आरोप लगाउनुभएको छ ।

आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लगायतका ठूला दलले सधैं मधेशी जनताका हक अधिकारलालाई बेवास्ता गरी ठगेको आरोप लगाउनुभएको हो ।

तेस्रोचरणको २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनका क्रममा जनकपुर आइपुग्नु भएका अध्यक्ष यादवले संविधानमा २५ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने उल्लेख भएपनि शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले ५४ जनाको मन्त्रिमण्डल विस्तार गरेकामा आपत्ति जनाउँदैँ उहाँले यस कार्यले भ्रष्टचारलाई बढवा दिने बताउनुभयो ।

उहाँले अहिलेको स्थानीय तहको संरचनाअनुसार गाउँपालिका र नगरपालिकाको क्षेत्रफल धेरै टाढासम्म रहेकोले यो खर्चिलो भएको स्पष्ट पार्नुभयो । रासस