१० मंसिर २०८३, बिहिबार

संविधान कार्यान्वयनको चरणमा छौँ : प्रधानमन्त्री देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाहरूको अधिकार र समान सहभागिताका लागि संविधान मैत्रीपूर्ण रहेको बताएका छन् ।

काठमाडौंमा सोमबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नयाँ संविधानले महिलाहरूको अधिकार स्थापित गरेको दाबी गरे । ‘हामी संविधान कार्यान्वयनको चरणमा छौँ’, उनले भने, ‘संविधानले महिला अधिकारका लागि धेरै अधिकार स्थापित गरेको छ ।’

प्रधानमन्त्री देउवाले संविधानले दिएको अधिकारअनुसार नै स्थानीय तहको निर्वाचनमा महिलाहरूको उल्लेख्य सहभागिता भएको बताए ।

‘स्थानीय तहमा थुप्रै महिलाहरू निर्वाचित हुनुभएको छ’, उनले भने, ‘हरेक क्षेत्रमा महिलाको ४० प्रतिशत सहभागिता हुन्छ ।’

कार्यक्रममा उद्योगपति विनोद चौधरीले व्यापारमा आफूले पाएको सफलताका बारेमा छाटो मन्यतब्य राखेका थिए । उनले समय र संघर्षलाई मिलाउने हो भने मानिसको जीवनमा सबै कुरा सम्भव रहेको बताएका थिए ।