काठमाडौं, २६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट तीन जना मन्त्री थपेर पाँचौं पटक मन्त्रिमण्डल विस्तार गर्दै छन् ।
देउवाले सोमबार बिहान ११ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउने छन् । दीपक बोहरा, विक्रम पाण्डे र सुनिलबहादुर थापाले शपथ लिने राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए ।
राप्रपा (प्रजातान्त्रिक)का संसदमा १८ सांसद रहेका छन् । बोहराले विज्ञान तथा प्रविधि, पाण्डे वन तथा भू संरक्षण, थापा उद्योग मन्त्रालयको जिम्मेवारी पाउने छन् ।
राप्रपा (प्रजातान्त्रिक)ले रेशमबहादुर लामासहित तीन जनालाई राज्यमन्त्री पनि सिफारिस गरेको छ । यो विस्तारसँगै देउवा नेतृत्वको मन्त्रिपरिषद् अहिलेसम्मकै जम्मो मन्त्रिपरिषद बन्नेछ ।















प्रतिक्रिया