
काठमाडौँ, २५ भदौ । पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)ले तीन जनालाई मन्त्रीका लागि सिफारिस गरेको छ ।
राप्रपाको आइतबारको बैठकले दीपक बोहोराको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । राप्रपाबाट बोहोरा विज्ञान तथा प्रविधि मन्त्री, विक्रम पाण्डे वन मन्त्री र सुनिल थापा उद्योग मन्त्री भएका छन् । यसैगरी, रेशम लामालाई उद्योग राज्यमन्त्रीमा सिफारिस गरिएको छ । नयाँ मन्त्रीहरुको सपथ सोमबार बिहान साढे ११ बजे हुने भएको छ । यसअघि राप्रपा संसदीय दलको आइतबारकै बैठकले दीपक बोहोरालाई नेता र विक्रम पाण्डेलाई उपनेता छान्ने निर्णय गरेको थियो ।
योसँगै देउवा सरकार ५४ सदस्यीय हुने भएको छ । देउवाले २०५२ मा आफ्नै नेतृत्वको सरकारमा ५२ सदस्यीय मन्त्री मण्डल बनाएका थिए । त्यो रेकर्डलाई यसपालि आफैले ब्रेक गर्दै ५४ सदस्यीय बनाउने भएका छन् ।















प्रतिक्रिया