बारा, २५ भदौ । सरकारका गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आचारसंहिता मिचेका छन् । मन्त्री शर्माले बाराको विभिन्न स्थानमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभामा सहभागी भई भोट मागेर आचारसंहिता उल्लंघन गरेका हुन् ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार मन्त्रीले पार्टीका लागि भोट माग्न पाउँदैन् । तर यसलाई लत्याउँदै अरुलाई आचारसंहिता उल्लंघन गर्न नदिने वातावरण बनाउनुको सट्टा गृहमन्त्री आफैले उल्लंघन गरेका हुन् । मन्त्री शर्मा पार्टीको कार्यक्रममा सहभागी हुन जहाज चढेर सिमरा आएका हुन् ।
उनले जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा आयोजित माओवादी केन्द्रको चुनावी सभामा सम्बोधन गर्दै आफ्नो पार्टीका उम्मेदवारलाई भोट मागे । त्यस्तै, भुलुहीको चुनावी सभा सम्बोधन गरी जीतपुरसिमराको १५ नम्बर वडास्थित सुक्लैयाको कार्यक्रममा सहभागी भएका छन् ।
यसरी गृहमन्त्रीनै चुनावी सभामा सहभागी भई माओवादी केन्द्रका उम्मेदवारका लागि भोट माग्दै हिँडेपछि प्रतिपक्षी एमाले लगायतका दलले आपत्ति जनाएका छन् । यद्यपी निवार्चन आयोग भने मौन छ ।












प्रतिक्रिया