१० मंसिर २०८३, बिहिबार

८८ किलो सुन प्रकरणः लैनचौरका डीएसपी पनि फस्ने संकेत, यस्तो छ कारण

29.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । बहुचर्चित ८८ किलो सुन बरामद घटनामा नेपाल प्रहरीकै एकजना डीएसपीको भूमिका शंकास्पद देखिएपछि महानगरीय प्रहरीले स्पष्टीकरण सोधेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरका डीएसपी दीपक पोखरेललाई महानगरीय प्रहरी परिसरले स्पष्टीकरण सोधेको हो । सुन तस्करीको बारेमा सूचना पाउँदापाउँदै पनि असहयोगीको भूमिका खेलेको उनीमाथि आरोप लगाइएको छ ।

महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दको निर्देशनमा काठमाडौँ प्रहरी परिसरले उनीमाथि स्पष्टीकरण सोधेको हो । प्रहरी स्रोतका अनुसार, ८८ किलो सुनको विषयमा जानकारी आउन साथ महानगरीय प्रहरी कार्यालयले सबैभन्दा पहिला लैनचौर वृत्तलाई खबर गरी बरामद गर्न निर्देशन दिएको थियो । तर, डीएसपी पोखरेलले त्यसलाई गम्भीर रुपमा नलिई आलटाल गरेका कारण उनको भूमिकामाथि नै प्रश्न उठेको हो । पोखरेल गत महिना मात्र लैनचौर वृत्तमा सरुवा भएर आएका थिए ।

अपराध अनुसन्धान महाशाखाले गत सोमबार बिहान क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद गरेको थियो । सुनका मालिक मानिएका चिनियाँ नागरिक पनि प्रहरीबाटै सूचना पाएर भागेको आशंका गरिएको छ । यस विषयमा पनि डीएसपी पोखरेललाई निगरानी गरिएको स्रोतले जनायो ।