
– शिव सुवेदी
गुल्मी, २५ भदौ । नेपाली काँग्रेसको तरुण दलका नेता एवं काँग्रेसका तर्फबाट रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का निर्वाचित वडा सदस्य तारा श्रीस ठूलो परिमाणमा बिस्फोटक पदार्थसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिमाणमा बिस्फोटक पदार्थसहित उनलाई पक्राउ गरेको हो । श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक किलोग्राम बारुद र सेफ्टिफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ प्रहरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिए ।
श्रीस लु ३२ प ६६०३ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले रेसुंगा नगरपालिका २ को प्रहरी चेकप्वाइन्टमा चेकजाँज गरेको थियो । बिस्फोटक पदार्थ र श्रीस प्रहरी नियन्त्रणमा छन् । साथै थप बिषयमा अनुसन्धान समेत शुरु भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय निर्वाचन चुनावबाट काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका उनी काँग्रेसको भातृ संगठन तरुण दलका नेताका रुपमा चर्चित छन् ।











प्रतिक्रिया