२ कार्तिक २०८३, सोमबार

मध्यरातमा जब युवती एक्कासि गायब भइन्

13.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

– सलिम अन्सारी

प्यूठान, २५ भदौ । शनिबार राति करिव ११ बजेको समय । प्रहरी हवलदार नूमबहादुर केसीलाई अचानक पेट दुख्यो । उनी ट्वाइलेट गए ।

ट्वाइलेटको छेउमा रहेको हुलाकको बाहिर एक १४–१५ वर्षीया किशोरी सेतो पहिरनमा बसिरहेकी थिइन् । हुलाक कार्यालय प्रहरी कार्यालयको परिसर नजिकैको दुरीमा छ ।

प्यूठान सरुमारानी– ४ स्थित अस्थायी प्रहरी चौकी बड्डडाडाका हवाल्दार केसीले सोधे – ‘तपाईं को हो ? कहाँबाट आउनुभो ?’

‘म भालुबाङबाट लामाचौर जान लागेकी अलपत्र परें, फोन दिनुस् न, फोन गर्छु’, ती किशारीले एक श्वासमा भनिन् ।

हवल्दारसँग फोन थिएन । उनले भने – ‘मसंग फोन छैन नानी, एक छिनपछि है !’

अनि ट्वाइलेट गरेर अफिस कोठामा आएर प्रहरी जवानलाई एक जना बहिनी अलपत्र अबस्थामा छिन, जाउ त भाइ फोन गराउ भनेपछि प्रहरी ती किशोरी भएको ठाउँमा पुगे ।

त्यस्तै ५–७ मिनेट कुरा भएछ । प्रहरीले सोधेछन् ? कहाँ बाट आएको ? ती किशोरीले भनेछिन -‘बडडाँडा साथीलाई भेट्न आएको फोन गर्छु, मुबाइल दिनु न !’

प्रहरीले फोन दिएपछि उनले डायल गरेछिन । फोन स्वीइचअफ भनेछ । प्रहरी अफिस फर्किए । त्यही कुरा असईलाई रिपोर्टिङ गरे ।

असईले ‘हामी सबै जाउँ र यहाँ राख्न भएन, को हो ? देबीस्थान पठाइदिउँ’ भनेर त्यति कुरा गरेर ती किशोरी भएतर्फ जाँदा जम्मा ३ मिनेट समय मात्र बितेको थियो ।

उक्त स्थानमा प्रहरी फेरि जांदा अपरिचित युवती थिइनन् । प्रहरी रातको २ बजेसम्म ती किशोरीको खोजी कार्यमा लाग्यो ।

तर, ती युवती  भेटिइनन् । अस्थाइ प्रहरी पोष्ट बडडाँडाको प्रहरी हैरान परेको छ । यसरी ती किशोरी एकाएक गायब भएपछि यो घटनाले पूरै बडडाँडामा चर्चा पाएको छ । अझ अचम्म त के भने ती किशोरीले डायल गरेको नम्बर समेत मोबाइलमा थिएन ।