बर्दिवास, २५ भदौ । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतसामू लम्पसार परेको आरोप लगाएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले महोत्तरीको बर्दिवासमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘देउवा र प्रचण्ड दुवै भारतसामू लम्पसार परेका छन्, यो कुरा सारा नेपाली जनताहरूलाई राम्रोसँग थाहा छ ।’
साक्षात्कारमा नेता नेपालले आफ्नो पार्टी संघीयता पक्षधर भएको बताउँदै भने, ‘हामी संघीयता पक्षधर हौं, हाम्रो पार्टी कुनैपनि हालतमा मधेस विरोधी होइन, हेर्दै जानुहोला २ नम्बर प्रदेशमा पनि एमाले एक नम्बर पार्टी बन्छ ।’
नेता नेपालले मधेसमा एमालेलाई निषेध गर्न अहिलेसम्म कोही नजन्मेको बताए । उनले भने, ‘कुनै शक्तिले वा तागतले पनि मधेसमा एमालेलाई निषेध गर्न सक्दैन, र जन्मिएको छैन ।’















प्रतिक्रिया