२ कार्तिक २०८३, सोमबार

मनीष सुमनलाई एमालेमा स्वागत गर्ने पहारीको इच्छा, राजपाले स्वीकार्‍यो एमालेको जित !

25.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । एमाले निकट युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले वीरगञ्ज लगायत महत्वपूर्ण स्थानहरूमा एमाले विजयी हुने आफूसँग खुलासा गरेको दाबी गरेका छन् ।

राजपा नेपालका महासचिव मनीषकुमार सुमनसँग काठमाडौंस्थित विमानस्थलमा शनिबार भएको कुराकानीका क्रममा मधेस केन्द्रित दलहरू एमालेको विजयी यात्रालाई कसैले रोक्न नसक्ने मनस्थितिमा रहेको पहरीले बताएका हुन् । उनले सुमनलाई एमालेले भित्र्याउने इच्छा पनि जनाएका छन् ।

‘राजपा नेपालका महासचिव मनीषकुमार सुमनसँग चुनावी भलाकुसारी गर्दै समयको सदुपयोग गरियो’, युवा संघ नेपालका अध्यक्ष पहारीले भनेका छन्, ‘उहाँले बीरगञ्ज लगायतका महत्वपूर्ण नगर र गाउँपालिकामा एमाले बिजयी हुने र एमाले २ नं प्रदेशमा पहिलो पार्टी बन्ने कुरा खुलस्त स्वीकार गर्नुभयो ।’

‘एमालेको सहि नीति र नेतृत्वको कारणले एमालेप्रतिको विश्वास अन्य पार्टीमा पनि बढ्दै गएको छ’, अध्यक्ष पहारीले भनेका छन्, ‘मनीषजीलाई पनि एमालेमा छिट्टै स्वागत गर्न पाइयोस् ।’

उता, राजपा नेपालका महासचिव मनीषकुमार सुमनले युवा संघ नेपालका अध्यक्ष पहारीको फेसबुक स्ट्याटसको खण्डन गर्दै आफू कहिल्यै एमालेप्रति नरम नरहेको बताएका छन् ।

सुमनले पनि फेसबुक स्टाटस लेख्दै भनेका छन्, ‘सेल्फी खिचाउने रहर बोकेका राजीवजीलाई हेक्का होस, ‘मनीष सुमन मधेसवादी थियो, छ र रहनेछ । मधेसविरोधी एमालेले स्वागतको तयारी–सयारी नगरोस् ।’

भेटघाटमा हुँदै नभएको गफलाई मनोगत रूपले फेसबुकमा प्रयोग नगरौं मित्र’, महासचिव सुमनले पहारीलाई चेतावनी दिँदै भनेका छन् ।