१ कार्तिक २०८३, आइतबार

व्यवसायी समक्ष झुक्यो सरकार, मंगलबारदेखि टिकट बुकिङ खुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुका लागि यही भदौ २७ गते मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको मन्त्री, राज्यमन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक र यातायात व्यवसायीको बैठकमा यस्तो सहमति जुटेको हो ।

बैठकमा मन्त्री वीरबहादुर बलायरले बिग्रेको सडक डोजर, स्काभेटरलगायत यन्त्रको सहयोगले मर्मत गरेर सञ्चालन गर्न सकिने तर भाडा बढाउन नसकिने स्पष्ट अडान राख्नुभएको उहाँका प्रेस संयोजक रमेश जोशीले जानकारी दिनुभयो ।

लामो दूरीमा यात्रा गर्ने यात्रुको सामान छतमा राख्न दिएपनि खसी, बोकालगायत यात्रु छतमा राखे ट्राफिक प्रहरीले कारबाही गर्ने सहमतिसमेत भएको छ ।

बैठकमा राज्यमन्त्री सीता गुरुङ, विभागका महानिर्देशक रुपनारायण भट्टराई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कावा अध्यक्ष डोलनाथ खनाल र महासचिव सरोज सिटौला सहभागी हुनुहुन्थ्यो ।

सहमतिको अनुमगन गर्न विभागका महानिर्देशक भट्टराईको सदस्यतामा पाँच सदस्यीय समिति गठन गरिएको छ । रासस